रास्वपाबाट राजिनामा दिएकी सुमना श्रेष्ठले नेताको दबाब र आलोचना कारण राजिनामा दिएको खुलासा भएको छ ।
स्रोतका अनुसार, रास्वपाकी नेता सुमना श्रेष्ठले पार्टी छाड्नुको मुख्य कारण पार्टीभित्रको लगातारको आलोचना र दबाब हो। पार्टीका नेता हरि ढकालले उनलाई ‘बाघका छालामा स्यालका रजाईं’ भन्दै बैठकमा खिस्याएका थिए।
ढकालले “रवि लामिछानेकै कारण सांसद बनेकाले आफ्नो हैसियत बिर्सिन हुँदैन।” बारम्बार यस्ता टिप्पणी र दबाबपछि सुमना नैतिक रूपमा पार्टीमा बस्न असहज भएकी थिइन्। स्रोतले बताएअनुसार, यो घटना एकपटक होइन, पाँच–सात पटक दोहोरिएको थियो।
ढकालले सुमानालाइ मात्रै हैन नेता गणेश कार्कीसंग पनि बैठक मै चर्काचर्की परेको थियो । ढकाल गणेशसंग आफ्नो गल्ती महसुस गरेर माफी मागिसकेका छन् भने सुमनले उनि र अन्य केहि नेताहरुका कारण पार्टी छोडी सकेकी छन्।
