• Thursday 22nd of October 2026

जेन–जी आन्दोलन पूरानै खेलाडीहरुले हाइज्याक गर्ने मुकुल ढकालको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ असोज । डा. मुकुल ढकालले जेन–जी आन्दोलन पनि पूरानै खेलाडीहरुले हाइज्याक गर्ने दाबी गरेका छन् । पूराना खेलाडीहरु हाइज्याक गर्न सिपाल रहेको उनको टिप्पणी छ । उनले नेपालमा अहिलेसम्म सबै आन्दोलन हाइज्याक भएको स्मरण गराएका छन् ।

ढकालले सञ्जालमा लेखेका छन्–

बजारमा हल्ला छ—जेन–जी आन्दोलन हाइज्याक भयो भनेर।
सोच्नुपर्ने कुरा के हो भनेः नेपालमा कुन आन्दोलन हाइज्याक भएन र?

शुरूमा घुसपैठियाले हाइज्याक गरे, त्यसपछी अहिलेको सरकारले हाइज्याक गर्यो । हाइज्याक गरेको होइन भने, आन्दोलन हामीले गरेको भन्न सक्न पर्यो । यदि यही सिलसिला जारी रह्यो भने, विस्तारै जेन जी आन्दोलन पनि पूरानै खेलाडीहरूले हाइज्याक गर्छन्। हाइज्याक गर्न यिनीहरू सिपालु छन्।

देशका लागि जनताले पटक–पटक आन्दोलन गरे। तर अन्तिममा सबै आन्दोलन हाइज्याक भयो, अनि ब्याकफायर जनतालाई नै भयो।

नेपालमा हाइज्याकरहरूले सधैं जितेका छन्, जनता सधैं हारेका छन्। यहाँ मिहिनेत गर्ने एउटा हुन्छ, तर अन्तिममा फल अर्कैले खाइदिन्छ।

त्यसैले त नेपाली भाषामा उखान पनि बनेको रहेछ त –
काम गर्ने कालु, मकै खाने …….!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖