काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपद बाँकी रहेका सदस्यहरूको टुंगो लगाउन मन्त्रीसहित जेनजी प्रतिनिधिसँग छलफल गरिरहेकी छन्। बैठकमा हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङ पनि सहभागी भएका छन्।
जुन समयमा मन्त्री छनोट र मन्त्रिपरिषद् पूर्णता दिने विषयमा छलफल भइरहेको थियो, गुरुङले केही मन्त्रीका नाम सुझाव दिएका थिए। उनले कुलमान घिसिङ र महावीर पुनको नाम समेत चर्चा गरेका थिए। गुरुङले महावीरलाई मनाउन गाह्रो नभएको तर कुलमानलाई मनाउन समय लागेको बताए।
त्यसै दिन जेनजी आन्दोलनका घाइतेहरूले गुरुङलाई ‘जेनजीको नेता हुँ’ भन्दै यस्तो भूमिकामा नहिँड्न चेतावनी दिएका थिए। घाइतेहरू सिंहदरबार दक्षिण गेटमा रोकिएका र गेटमै धर्ना बसेपछि प्रहरीले उनीहरूलाई गाडीमा राखेर गृहमन्त्रालय पुर्याएको थियो।
घाइतेहरूले गुरुङ, एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतमाथि आक्रोश पोख्दै, मन्त्री छनोटमा जेनजीको भावना स्थापित नगरेको, संविधान दिवसमा राष्ट्रपति कार्यालयमा सहभागी भएको लगायतका विषयमा प्रश्न उठाएका छन्। भदौ २३ र २४ को आन्दोलनपछि गुरुङ जेनको प्रतिनिधि बनेर छलफल र कार्यक्रममा सहभागी भइरहेका छन्, जसका कारण जेनजीका केही पक्षले उनको विरोध गरिरहेका छन्।
