• Thursday 22nd of October 2026

देउवा र खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको मुचुल्का


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता दीपक खड्काको घरमा आइतबार सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ ।

टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरमा नगद रहेको भन्ने भिडियो सार्वजनिक भएपछि मुचुल्का उठाएको हो ।

बुढानीलकण्ठस्थित देउवाको घरमा डलर तथा नेपाली नोटका जलेका टुक्रा भेटिएको दाबी गरिएको छ भने खड्काको घरमा समेत केही रकम फेला परेको भिडियो सार्वजनिक भएको थियो ।

विभागले घटनास्थलको अवस्था, रकम रहेको ठाउँलगायतको विवरण संकलन गरी अनुसन्धान अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖