• Thursday 22nd of October 2026

माओवादीमा शर्माको प्रस्ताव : अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिउँ, वरिष्ठ नेतालाई संयोजक तोकौं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सरकारले अध्यक्ष लगायत सबै पदाधिकारीले राजीनामा दिई महाधिवेशनसम्मका लागि वरिष्ठ नेतालाई संयोजकको जिम्मेवारी दिन प्रस्ताव गरेका छन् ।

माओवादी पदाधिकारीको बैठकमा उपमहासचिव शर्माले पार्टी भित्र नेतृत्व हस्तान्तरण नहुँदा अहिलेको संकटको अवस्था आएकोले अब नयाँ ढंगले जानुपर्ने उल्लेख गरेका छन् ।

‘पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडी बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी वरिष्ठ नेतालाई कार्यभार दिउँ’ शर्माले भनेका छन् ।

उनले अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक लाइनका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात् गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व र नेतृत्व समेत सुनिश्चित गर्न अहिले नै अध्यक्ष सहित सबै पदाधिकारी राजनीतिक र वैचारिक काम गर्नेगरी निर्देशक कमिटीको अन्तरिम विधानमा व्यवस्था गरी अगाडि बढ्नुपर्दछ,’ शर्माले राखेको प्रस्तावमा छ ।

गत केन्द्रीय कमिटीले गरेको निर्णय बमोजिम मङ्सिर महिनाभित्र महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ पुस्तामा पुर्‍याउने र अध्यक्ष प्रचण्डसहित पार्टी पंक्तिले महाधिवेशनबाट निर्वाचित हुने कार्यकारी कमिटीलाई राजनीतिक वैचारिक सहयोग गर्ने प्रतिबद्धता र आत्मसात् जरुरी रहेको उनको धारणा छ ।

उनले मंसिरमा महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटी विघटन गरी आयोजक कमिटीमा बदलिनुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖