काठमाडौँ । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा अब मन्त्री नबन्ने पक्का भएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको अन्तिम सूचीबाट उनको नाम हटाइएको हो।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्रालाई मन्त्रीमा सिफारिस गरेकी थिइन्।
तर उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा सूचना पाएपछि उनको नाम ‘होल्ड’ गर्न भनिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
