• Thursday 22nd of October 2026

डा. निकोलस भुसालद्वारा नेपालको पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा उम्मेदवारी घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ असोज । डा.निकोलस भुलासले अन्तरिम संविधान जारी गरेर आगामी फागुन २१ गते प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई अगाडि सारेका छन् ।

उनले अन्तरिम संविधान जारी गरिनुपर्ने, प्रदेशसभा र राष्ट्रिय सभा खारेज गरिनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने बताए ।

उनले भने, ‘अहिले भएका बेथितिहरुलाई, अहिले भएका सम्पूर्ण विसंगतिहरुलाई चिरेर भ्रष्टाचारको छानविन गर्दै अन्तरिम संविधान जारी गरेर, यो संविधान पुनर्लेखन गरेर, प्रदेशसभा, राष्ट्रिय सभा खारेज गरेर फागुन २१ गते मेरो जन्मदिन पनि परेको छ ।

त्यही दिन हुन लागिरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी पहिलो चुनावमा प्रधानमन्त्रीको रुपमा आफूलाई उम्मेदवारको रुपमा घोषणा गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖