महेश बस्नेतबाट आफू पीडित भएको भन्दै प्रहरी प्रशासनदेखि अदालतसम्म् मुद्दा हालेकी शोभा पाठकले आउँदो निर्वाचनमा महेश बस्नेतकै निर्वाचन क्षेत्र भक्तपुर २ बाट चुनाव लड्ने घोषणा गरेकी छन् ।
शोभाले आउँदो निर्वाचनमा महेश बस्नेतले जुन निर्वाचन क्षेत्रबाट उम्मेदवार दिन्छन् त्यहीँ निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिने बताएकी छन् । आफ्नो पक्षमा जतिसुकै मत आउँने भएपनि महेशविरुद्ध चुनाव लडेरै छाड्ने एक अन्तर्वार्तामा उद्घोष गरेकी छन् । जनताले के कारणले नेताको घर जले भन्ने कुरा बुझ्नु पर्ने पनि बताएकी छन् ।
शोभा पाठकले भनेकी छन्- जहाँ महेश बस्नेतको उम्मेदवार हुन्छ, त्यहाँ शोभा पाठकको पनि उम्मेदवार हुन्छ, चाहे २ भोट आओस्, चाहे २ सय भोट आओस्, चाहे जेसुकै आओस्, म त्यहीँबाट उठ्छु, यस्तो छ प्रचारप्रसार किन गर्नुपर्छ र रु हामीलाई त्यसरी प्रचारप्रसार गर्नुपर्ने पनि छैन्, उहाँहरुको एजेण्डा बोकेर जाने हो ।
उहाँहरुको सेवा गर्ने हो, जनताले अब पनि नबुझ्नेदेखि कहिले बुझ्नु हुन्छ रु आज घर के का कारण जेल्यो होला रु
