काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४१औँ ओभरको अन्तिम बलमा गुलशनलाई ५ रनमा गुमाएको हो ।
उनलाई अमेरिकाका बलर जसदीप सिंहले आउट गराएका हुन् ।
यो विकेटसँगै नेपालले ४१ ओभरको समाप्तिमा ६ विकेट गुमाएर २०६ रन बनाएको छ ।
