काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले एक सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ– ‘बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्नेघट्ने क्रम जारी रहेकोले त्रिसूली नदी बेनिघाट सम्म अति उच्च जोखिम, मुगलिङसम्म उच्च जोखिम र चितवन, नवलपरासी नदी आसपास मध्यम जोखिम रहेको छ ।’
