• Saturday 17th of October 2026

साइबर ब्युरोले रास्वपा नेता हिमेश पन्तलाई बोलायो, पत्रकार किशोर श्रेष्ठ पनि ब्युरोमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा ठाडो उजुरी दिइएकाले पन्तलाई पनि ब्युरोमा बोलाइएको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

यसैबीच, प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट साइबर ब्युरो लगेको जनाइएको छ। पन्त पनि साइबर ब्युरेतर्फ प्रस्थान गरिसकेको स्रोतले बताएको छ।

घटनाबारे प्रहरीको आधिकारिक धारणा र थप विवरण भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖