काठमाडौँ । आईसीसी लिग–२ अन्तर्गतको आफ्नो अन्तिम शृङ्खलामा नेपालले ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा साेमबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा २ सय ८० रन बनाउँदै अलआउट भयो ।
नेपालका रोहितकुमारा पौडेलले ८१ बलमा २ छक्का र २ चौकासहित ८० रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ४ छक्का र ३ चौकासहित ६९ रन र देव खनालले ६५ बलमा एक छक्का र चार चौकासहित ५७ रन बनाए ।
ओमानका शाह फैसलले ५ विकेट लिए । यस्तै जय ओदेद्राले ३ र समय श्रीवास्तवले २ विकेट लिए । लिग–२ को आफ्नो अन्तिम खेल खेलिरहेको नेपाललाई शीर्ष ६ मा पर्न जित्नै पर्ने दबाब छ ।
