• Thursday 29th of October 2026

काठमाडौं ११५ रनमा अलआउट, जितका लागि जनकपुरलाई ११६ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज ११५ रनमा अलआउट भएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको हो ।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । राशिद खानले १७, स्मित पटेलले १३, सुमित महर्जनले १० र रिपोन मण्डलले अविजित ९ रन बनाए ।

जनकपुरका राहुल यादवले ४ विकेट लिए । साइफ हसनले २ तथा मोइन अली र ललित राजवंशीले समान १ विकेट लिए ।

काठमाडौंले जनकपुरलाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖