काठमाडौं । भारतको पूर्वी तटतर्फ ‘मुरासु’ नामक चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिएको छ।
भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवात सोमबार मध्यरात वा मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान छ।
यसक्रममा प्रतिघण्टा १०० देखि ११० किलोमिटर र अधिकतम १२० किलोमिटरको गतिमा हावा चल्न सक्नेछ।
यसअघि आएको ‘अर्नब’ चक्रवातका कारण आन्ध्र प्रदेशमा कम्तीमा तीन जनाको मृत्यु भएको थियो।
नयाँ चक्रवातले थप जनधन तथा कृषि क्षेत्रमा क्षति पुर्याउन सक्ने चेतावनी दिइएको छ।
