• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

पूर्वमुख्यमन्त्रीका छोरा बैंकिङ कसुर मुद्दामा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छाेरा दिक्षान्त बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा दिक्षान्त बाँनिया प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिइएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी बाँनियालाई साेमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो।

पक्राउ परेका बाँनियालाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖