• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ ।

आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।

रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी तय भएको छैन । आफूलाई सुनुवाइको मौका नदिई बिना आधार र कारण गैरकानुनी रुपमा प्रहरी प्रमुखबाट हटाएको कार्कीको दाबी छ ।

मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुसार कार्कीलाई आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोजकुमार केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖