• Friday 13th of November 2026
  • ट्रेण्डिङ :

मिठाई ठानेर बम खाँदा…


  • धनकुटा खबर
  • .

भारत । परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्यप्रदेशमा एक युवकको मृत्यु भएको छ । प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटना मङ्गलबार डिन्डोरी जिल्लामा भएको थियो । आगो ताप्न भेला भएका बेला एक गाउँलेले ल्याएको ‘मिठाई’ अर्का व्यक्तिले बरौतियालाई दिएका थिए । मुखमा राखेलगत्तै उक्त वस्तु विस्फोट भएको प्रहरी अधिकारी रेखा सिंहले बताएकी छन् ।

स्थानीय केही समुदायले जङ्गली सुँगुर मार्न पटाका वा खानीबाट प्राप्त बारुद पिठोका डल्लामा भरेर घरेलु बम बनाउने गरेका छन् । ती डल्ला चिनीको सिरपमा भिजाइने लोकप्रिय भारतीय मिठाई ‘रसगुल्ला’ जस्तै देखिने भएकाले झुक्किने सम्भावना हुन्छ ।

गम्भीर घाइते बरौतियालाई अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी लापरबाहीका कारण ज्यान गएको अभियोग लगाइएको छ ।

घटना नियोजित हत्या थियो वा कसैले गरेको मजाकका क्रममा भएको दुर्घटना भन्ने विषय अनुसन्धान भइरहेको प्रहरी अधिकारी सिंहले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖