• Tuesday 6th of October 2026

बेलिङघमहको २ गोलमा बार्सिलोनामाथि रियलको पुनरागमन जित


  • धनकुटा खबर
  • .

एजेन्सी । जुड बेलिङघमले दोस्रो हाफमा दुई गोल गरेपछि यस वर्षको पहिलो एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ ।

स्पानिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोनामाथि पुनरागमन जित निकालेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको छैटौं मिनेटमै एल्के गुन्डोगानको गोलमा बार्सिलोनाले पहिले अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न सकेन ।

यस सिजन लयमा रहेका युवा स्टार बेलिङघमले दोस्रो हाफमा दुई गोल गरी रियललाई जिताए । ६८औं मिनेटमा बेलिङघमले रियलका लागि बराबरी गोल गरे ।

त्यसपछि इन्जुरी टाइमको दोस्रो मिनेटमा उनले लुका मोडरिकको पासमा गोल गर्दै रियललाई जितसहित तीन अंक दिलाए ।

जितपछि ११ खेलबाट २८ अंक जोडेर रियल शीर्ष स्थानमा छ । समान खेलबाट २४ अंक रहेको बार्सिलोना तेस्रो स्थानमै छ ।

सेल्टाभिगोलाई १-० ले पराजित गरेको गिरोनाले रियल समान २८ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖