• Monday 5th of October 2026

‘फ्रेन्ड्स’ सिरिजका म्याथिउ पेरी मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकी क्यानडियन अभिनेता म्याथिउ पेरी मृत अवस्थामा फेला परेका छन् । शनिबार पेरी आफ्नै घरमा मृत अवस्थामा फेला परेका सीएनएनले जनाएको छ।

चर्चित ‘फ्रेन्ड्स’ सिरिजमा पेरी च्यान्ड्लर बिङको भूमिकामा थिए।उक्त सिरिज हाल पनि युवामाझ चर्चित छ।

वार्नर ब्रोज टेलिभिजन ग्रुपले पेरी आफ्नो कम्पनीको महत्वपूर्ण सदस्य रहेको भन्दै उनको निधनमा दुस्ख व्यक्त गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖