• Tuesday 6th of October 2026

दीपेन्द्रले विश्वकप छनोट गुमाउने उच्च सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं , नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सबै खेल गुमाउने सम्भावना उच्च बनेको छ । पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो ।

दीपेन्द्र प्लेइङ ११ मा रहेपनि चोट लागेपछि उनको स्थानमा विवेक यादवलाई खेलाएको थियो । दीपेन्द्र उपचारपछि वैसाखी टेकेर टियु क्रिकेट मैदान फर्किएका थिए । प्रतियोगिता एक हप्ता मात्रै हुँदा दीपेन्द्रले पुरा प्रतियोगिता गुमाउने उच्च सम्भावना छ ।

दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालका टि२० आईका सर्वाधिक सफल र उच्च लयमा रहेका दीपेन्द्र नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ ।

दीपेन्द्रले यसै सात्रा त्रिकोणात्मक सिरिजमा युएई र हङकङविरुद्ध सानदार प्रदर्शन गरेका थिए । उनले पाँच खेलमा २०, ४०, ५७ र ३४ रन बनाएका थिए ।

दीपेन्द्र टोलीमा हुँदा नेपालले एक स्पिनर कम खेलाउँदै आएको थियो । उनी नहुँदा स्पिन आक्रामणमा समेत ठूलो असर पर्नसक्छ । दीपेन्द्रले अफ स्पिन गर्दै टोलीलाई सफलता दिलाउँदै आएका थिए ।

दीपेन्द्र नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ५२ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १३ सय ४४ रन बनाएका छन् । उनी नेपालबाट टि२० आईमा एक हजार रन पूरा गर्ने एक्लो खेलाडी हुन् ।

उनी नेपालबाट सर्वाधिक धेरै टि२० आई खेल खेल्ने खेलाडी समेत हुन् । उनले ५२ खेल खेल्दा करण र सोमपाल कामीले ५१-५१ टि२० आई खेल खेलेका छन् । उच्च लयमा रहेका उनी नहुँदा टोलीको समिकरणमै ठूलो असर पर्ने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖