• Monday 5th of October 2026

सोहेल खान र सीमाको किन भयो डिभोर्स?


  • धनकुटा खबर
  • .

बलिउडका कलाकारहरू पछिल्लो समय वैवाहिक र प्रेम सम्बन्धको कारण चर्चामा आइरहेका छन्।

उनीहरूको सम्बन्ध लामो समयसम्म टिकिरहेको देखिँदैन। विभिन्न कारणले उनीहरूले आफ्ना दम्पतिसँग सम्बन्ध तोड्दै आएका छन्।

बलिउड अभिनेता सोहेल खान आफ्नो अभिनयभन्दा आफ्न्तको कारण चर्चामा आएका हुन्। सलमान खानको कान्छो भाइ सोहेल खानका पूर्वी श्रीमती सीमा सजदेहले एक पोडकास्ट सम्बन्ध छुटिनुको कारण बताएकी छन्। सीमाले सोहेलसँग सम्बन्ध विच्छेद गर्नु बारेमा बताएकी छन्। उनले पोडकास्टमा भनिन्, ‘हाम्रो सम्बन्ध तोड्नुमा सोहेलको दोष होइन। मेरो छोरा निर्वाणको कारण हो। त्यो समयमा मैले छोरा र श्रीमानलाई छान्नुपर्ने अवस्था थियो। मैले छोरालाई रोजे।’

विवाहपछि सीमाले सम्बन्धलाई बचाइराख्न मात्र ध्यान दिनुपर्यो। यो कारण उनले हुर्किरहेको छोराको भविष्यलाई बाटो देखाउनको लागि नै सम्बन्ध विच्छेद गरेको बताउँछिन्। उनले थपिन्, ‘सोहेल र म सम्बन्धमा खुशी थिएनौं। त्यसैले झै-झगडा भइरहन्थ्यो। जसको असर बच्चालाई परिरहेको थियो। त्यही बेला छोरा हुर्किदै थियो। छोरालाई हाम्रो कुराले मानसिक रूपमा असर नपुगोस् भनेरै मैले छोरालाई नै रोजे।’

उनले आफू पनि वैवाहिक सम्बन्धमा खुशी नभएको कारण सम्बन्ध तोडेको बताएकी छन्।

सन् १९९८ मा फेसन डिजाइनर सीमाले सोहेलसँग बिहे गरेकी थिइन्। २४ वर्षसम्म टिकिरहेको उनीहरूले सन् २०२२ मा सम्बन्ध तोडेका थिए।
भारतको रियालिटी शो ‘बिग बोस सिजन १७’ को एक एपिसोडमा सोहेल देखिएका छन्। उनले शोमा सहभागि भएका प्रतिस्पर्धीहरूलाई मनोरञ्जन दिएका थिए। सोहेलले एक दर्जन फिल्ममा अभिनयसँगै फिल्म निर्देशन पनि गरिसकेका छन्। उनले अभिनय गरेका फिल्महरूले भन्दा गीत बढी हिट छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖