• Tuesday 6th of October 2026

आइसीसी बरियतामा पाकिस्तानका बाबर आजमलाई उछिन्दै भारतका गिल शीर्षमा


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतका ओपनर शुभमन गिल आईसीसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा पहिलो स्थानमा पुगेका छन् ।

पछिल्लो वरियतामा उनले पाकिस्तानका बाबर आजमलाई पछि पारेका छन् । यसअघि बाबर आजम पहिलो स्थानमा थिए ।

शुभमन गिल यो वर्ष उत्कृष्ट फर्ममा छन् । उनले यो वर्ष खेलेका २६ ओडिआई खेलमा पाँच शतकको सहयोगमा १४४९ रन बनाएका छन् ।

विश्वकपको सुरुमा गिल फिट थिएनन् तर मैदानमा फर्किएदेखि उनले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले विश्वकपका ६ खेलमा २१९ रन बनाएका छन् ।

शीर्ष १० ब्याट्सम्यानमा भारतका विराट कोहली चौथो र कप्तान रोहित शर्मा छैटौंमा छन् । विराट कोहलीले जारी विश्वकपमा दुई शतक प्रहार गरेका छन् ।

दक्षिण अफ्रिका विरुद्ध अविजित १०१ रन बनाएर उनले सचिन तेन्दुलकरको ४९ ओडीआई शतकको संख्या बराबरी गरे।

अर्कोतर्फ, मोहम्मद सिराज आईसीसीको पछिल्लो एकदिवसीय बलरको वरीयतामा पहिलो स्थानमा छन् ।विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कुलदीप यादव चौथो, जसप्रित बुमराह आठौं र मोहम्मद शामी १० औं स्थानमा छन् । दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो र पाकिस्तानका शाहिन अफ्रिदी पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖