नेपाल ओलम्पिक कमिटी (एनओसी) को मेडिकल कमिसनका अध्यक्ष डा.सरोज कृष्ण श्रेष्ठको बिहीबार निधन भएको छ ।
उपचारका क्रममा ६९ वर्षे श्रेष्ठको बिएण्डबीमा अस्पतालमा मृत्यु भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । हाडजोर्नीका विशेषज्ञ डा.श्रेष्ठ ओम अस्पतालमा कार्यरत थिए ।
ललितपुर सातदोबाटो तल्छीखेलबाट कार्यालय जान बिहान करिब ९ः३० बजे कारमा बसेपछि श्रेष्ठले असहज महसुस गरे पछि उनलाई उपचारका लागि बिएण्डबी पुर्यााएको थियो । उनी एन्टी डोेपिङका बारेका राम्रो जानकार मानिन्थे । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।
विदेशमा रहेका छोरा आएपछि उनको दाहसंस्कार गरिने एनओसी महासचिव श्रेष्ठले बताए । चीनको हाङचाउमा गत महिना भएको १९ औं एसियाली खेलकुदमा सहभागी भएका श्रेष्ठ र यसै महिना चीनको हाङचाउमा भएको भएको पारा एसियाली खेलकुदमा पारा एसियन एन्टी डोपिङ कार्यवहाक प्रमुखको रुपमा कार्यरत थिए ।
