• Tuesday 6th of October 2026

डिफेण्डर दिनेश राजवंशीसहित ४ जना अभद्र व्यवहारको कसुरमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । फुटबल डिफेण्डर दिनेश राजवंशी पक्राउ परेका छन् ।

प्रहरी वृत्त, दरबारमार्गले राजवंशीसहित उनीसहित उनका ३ जना साथीहरुलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

राजवंशीसहित पक्राउ परेका ४ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि ७ दिन म्याद लिइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर उनीहरुविरुद्ध अनुसन्धानका लागि समय लिइएको हो ।

नेपालको राष्ट्रिय टिमबाट समेत खेलिसकेका दिनेश पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका थिए । ११ महिनाअघि अष्ट्रेलिया गएका उनले त्यहाँ पनि फुटबल खेल्दै आएका थिए ।

मंसिर ८ गतेदेखि सुरु हुने नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण खेल्न उनी नेपाल आएका थिए । उनलाई पोखरा थण्डर्सले आइकनिक खेलाडीका रुपमा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖