• Friday 9th of October 2026

किशोरीको हत्या आरोपमा सौतेनी आमासहित तीनजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्लाहीमा किशोरीको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् । हरिवन नगरपालिका–११, बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तबसुनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, तबसुनका मामा ५५ वर्षीय शेख जिलानी र जिलानीका छोरा २४ वर्षीय शेख असजद रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएको कात्तिक २६ गते परिवारका सदस्य मिलेर तबसुनको हत्या गरेको र शवलाई बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यसपछि घटना अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय हरिवनबाट टोली खटिएको थियो । सोही प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖