• Thursday 8th of October 2026

विश्वकप खेलेका ३ खेलाडीलाई मात्र समेट्दै भारतले अष्ट्रेलियाविरुद्ध हुने शृंखलाका लागि घोषणा गर्‍याे टोली


  • धनकुटा खबर
  • .

काठमाडौं। भारतले अष्ट्रेलियाविरुद्ध हुने आसन्न टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि सुर्यकुमार यादवको कप्तानीमा टोली घोषणा गरेको छ। हालै एकदिवशीय विश्वकप खेलेका यादवसहित ३ खेलाडीलाई मात्र अस्ट्रेलियाविरुद्ध हुने शृंखलाका लागि टोलीमा राखिएको छ।

एकदिवशीय विश्वकप खेलेका श्रेयस अय्यर र इसन किसनले पनि अस्ट्रेलियाविरुद्ध खेल्ने छन्। आइतबार भएको विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियासँग पराजित भएर उपविजेतामा सिमित भएको थियो।

रुतुराज गाइक्वाड, यसस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिङ्टन सुन्दर, अक्सर पटेल, शिवम दुवे, रवि बिस्नोई, अर्सदिप सिंह, प्रसिद्ध कृष्ण, आभेश खान र मुकेश कुमारलाई यो शृंखलाका लागि टोलीमा राखिएको छ। यीमध्ये अधिकांशले गत एसियन गेम्सले भारतको प्रतिनिधित्व गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖