• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बल्खुमा उर्लियाे जनसागर


  • धनकुटा खबर
  • .

काठमाडौंको बल्खुमा बल्खुमा दुर्गा प्रसाईंको समर्थनमा जनसागर उर्लिएको छ। बल्खुमा प्रदर्शन गर्ने भनिएका दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्रतिर अघि बढ्ने प्रयास गरेका छन्।सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो। प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ आउने प्रयास गरेका हुन्। उनीहरु बल्खुबाट माइतीघरतिर आउन खोजिरहेका छन्। जबरजस्ती निषेधित क्षेत्रतिर प्रदर्शनकारी आउन खोज्दा झडप हुने अवस्था बढेको हो।

यस अघि बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।

दुर्गा प्रसाईँ र नेकपा एमाले भातृसंगठन युवा सङ्घका कार्यकर्ताबिच ढुङ्गा हानाहान भएको थियो। आज मध्यान्हमा बल्खु पुगेका युवा सङ्घ कार्यकर्ता र प्रसाईँ पक्षबिच ढुङ्गा हानाहान भएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईँ पक्षलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो। युवा सङ्घलाई भने तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकिएको थियो। यति हुँदाहुँदै पनि युवा सङ्घका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो।

सडकका दुवै किनारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। उक्त क्षेत्रमा बख्तर बन्द गाडी र एम्बुलेन्स तयारी अवस्थामा छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ।

सडकमा सवारी सधान निकै कम चलेकाले बन्दको दिनको झल्को दिएको छ। यात्रुहरू चोक चोकमा बसको लागी उभिएका देखिन्छन्।

भेला हुने दुई क्षेत्र मध्ये बल्खु क्षेत्रमा राष्ट्रिय झन्डा बोकेर आएका केही समूह देखिएका छन्। उता तीनकुने क्षेत्रमा रातो टोपी लगाएर जम्मा हुनेको सङ्ख्या बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖