• Thursday 8th of October 2026

हार्दिक मुम्बई इन्डियन्स फर्किए, ग्रिन बेंगलोरमा ट्रेड


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतका स्टार अलराउण्डर हार्दिक पाण्ड्या नयाँ सिजनको इन्डियन प्रिमियर लिग आईपीएलका लागि मुम्बई इन्डियन्स फर्किएका छन् ।

पछिल्लो दुई सिजन गुजरात टाइटन्सको कप्तानी गरेका हार्दिक ट्रेडमार्फत मुम्बईमा अनुबन्ध भएका हुन् । मुम्बईले हार्किकका लागि १५ करोड भारतीय रुपैयाँ खर्चेको छ ।

सन् २०१५ मा मुम्बईबाटै आईपीएलमा डेब्यु गरेका हार्दिकले २०२१ सम्म मुम्बईका लागि खेलेका थिए । त्यसपछि उनी नयाँ फ्रेन्चाइज गुजरातको कप्तान बनेका थिए ।

पहिलो सिजनमै गुजरातलाई हार्दिकले आफ्नै कप्तानीमा च्याम्पियन बनाएका थिए भने गतसिजन गुजरात उपविजेता बनेको थियो ।

नयाँ सिजनका लागि गुजरातले आइतबार हार्दिकलाई रिटेन गरेको थियो । तर सोमबार भने हार्दिक आधिकारिक रुपमा मुम्बईमा ट्रेड भएका हुन् ।

गुजरातमा पछिल्लो दुई सिजन कप्तानी गरेका हार्दिकले मुम्बईमा कप्तानी रोल पाउनेछन् कि छैनन् त्यो भने हेर्न बाँकी छ । मुम्बईमा भारतीय टिमका कप्तान रोहित शर्मा कप्तान छन् ।

यस्तै मुम्बईले अलराउण्डर क्यामरुन ग्रीनलाई रोएल च्यालेन्जर्स बेंगलोर पठाएको छ । ग्रीन ट्रेडमै बेंगलोर पुगेका हुन् ।

मुम्बईले यसअघि नै रोमारियो सेफर्डलाई लखनउ सुपर जायन्ट्सबाट ट्रेडमार्फत अनुबन्ध गरिसकेको छ ।

हार्दिक मुम्बई गएपछि गुजरातले युवा ब्याटर शुभमन गिललाई नयाँ कप्तान बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖