• Thursday 8th of October 2026

विश्वकप हारपछि रोहित शर्मा टी-२० नखेल्ने मुडमा, कोहलीले मागे अनिश्चितकालीन ब्रेक


  • धनकुटा खबर
  • .

काठमाडौं । घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनल हारेपछि भारतीय ब्याट्सम्यानहरु निराश देखिएका छन् । भारतीय राष्ट्रिय टीमका कप्तान रोहित शर्मा सीमित ओभरको क्रिकेटबाट टाढिन सक्ने चर्चाहरु हुन थालेका छन् ।

बिराट र रोहित दुवैले एक वर्षअघि टि–२० विश्वकप खेलेदेखि कुनै पनि टि–२० म्याच खेलेका छैनन् । उमेरले पनि उनीहरु अवकाशको नजिक पुगिसकेका छन् ।

बिराट कोहलीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई आफू अनिश्चितकालसम्म ५० ओभर र २० ओभरको क्रिकेट खेल्न नसक्ने जनाउ दिएका छन् । यद्यपि, उनले सीमित ओभरको क्रिकेटबाट सन्न्यास नै लिने मुड भने नबनाएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖