• Thursday 8th of October 2026

लिग टूको पहिलो सिरिज नेपालमा, नेदरल्याण्ड्स र नामिबिया आउने


  • धनकुटा खबर
  • .

१५ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।

लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यो संस्करणमा ८ देश सहभागी हुनेछन् । पहिलो संकरणमा ७ टिम मात्र थिए ।

सुपर लिगमा पुछार (१३औं स्थान) मा रहेको नेदरल्याण्ड्सलाई थपिएको छ । त्यही नेदरल्याण्ड्स पहिलो सिरिजमै नेपाल आउने छ । ‘लिगमा हरेक खेल महत्वपूर्ण हुन्छ । त्यसमाथि विश्वकप खेलेको नेदरल्याण्ड्स नै आउने भएपछि हामी सबै उत्साहित छौं,’ क्यानका सचिव पारस खड्काले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖