• Monday 5th of October 2026

दुर्गा प्रसाईँलाई अचानक के भयो यस्तो


  • धनकुटा खबर
  • .

काठमाडौं— गणतन्त्रविरोधी अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँको घाँटीमा समस्या देखिएको छ ।

देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ ।

झापास्थित प्रसाईँ स्वामित्वको बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको हो । अब उनी ९ दिनसम्म नबोल्ने चिकित्सकहरूले बताएका छन् ।

चिकित्सकका अनुसार, प्रसाईँको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको र यसअघि पनि शल्यक्रिया भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖