• Thursday 8th of October 2026

नेपाल सुपर लिग २०२३ : काठमाडौंसामु बुटवल–लुम्बिनीमाथि दोस्रो जित निकाल्ने अवसर


  • धनकुटा खबर
  • .

२३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने ‘डबल हेडर’ को दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले बुटवल–लुम्बिनी एफसीको सामना गर्दैछ । यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको १९ औं र समग्रमा ४४ औं खेल हुनेछ ।

२. काठमाडौं र बुटवल लुम्बिनीबीच अहिलेसम्म एक मात्र खेल भएको छ । त्यसमा काठमाडौं १–० ले विजयी रहेको थियो । उसका लागि स्टेफान विनोङले पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो ।

३. काठमाडौंसामु बुटवल–लुम्बिनीमाथि दोस्रो जित निकाल्ने अवसर हुनेछ ।

४. काठमाडौंको तीन खेलबाट पाँच अंक छ र चौथो स्थानमा छ । काठमाडौं अहिलेसम्म अपराजित छ । त्यसमा एक जित र दुई बराबरी रहेका छन् ।

५. काठमाडौंले आफ्नो पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराएयता एफसी चितवनसँग १–१ र झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

६. बुटवल–लुम्बिनी चार खेलबाट चार अंकमा छैटौं स्थानमा छ र जित निकालेर शीर्ष चारमा प्रवेशको अवसर हुनेछ । उसको एक जित, एक बराबरी र दुई हार रहेका छन् ।

७. बुटवल–लुम्बिनीको एक मात्र जित इलामविरुद्ध २–१ रहेको छ । सुरुआती दुई खेलमा बुटवल–लुम्बिनी ललितपुर सिटी एफसीसँग २–० र धनगढी एफसीसँग १–० ले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा भने उसले एफसी चितवनसँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖