• Thursday 8th of October 2026

छैटौँ विकेटका रुपमा पेभेलियन फर्किए गुल्सन झा


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले छैटौँ विकेट गुमाएको छ ।

छैटौँ विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी २० बलमा दुई छक्काको मद्दतले १७ रन बनाउँदै आउट भएका हुन् । उनलाई अफगानिस्तानका बलर मोहम्मद युनुस जदरानले रहिमुल्लाह जुरमातीद्वारा क्याच गराएका हुन् ।

उनी आउट हुँदा नेपालले २३।५ ओभरमा एक सय ६ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖