• Thursday 8th of October 2026

सन् २०२३ मा रोनाल्डोको ५० औँ गोल


  • धनकुटा खबर
  • .

रियाद । क्रिस्टियानो रोनाल्डोले सन् २०२३ मा ५० औँ गोल गर्दा अल–नासरले अल–शबाबलाई ५–२ गोलले हराउँदै साउदी किंग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्डले दोस्रो हाफमा टोलीको चौथो गोल गरेका थिए । यो सिजन उनको गोल सङ्ख्या २६ पुगेको छ । यसमध्ये १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा गरेका हुन् ।

तीन दिनअघि अल–रियादलाई ४–१ गोलले हराउने क्रममा रोनाल्डोले १२ सयौँ व्यावसायिक खेल खेलेका थिए । उक्त खेलमा पनि उनले एक गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖