• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्याण्ड्सविरूद्ध टस जितेको नेपालले पहिले बलिङ गर्ने


  • धनकुटा खबर
  • .

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

त्रिवि मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४१.१ओभरमा अल आउट भएर १३२ रन मात्रै बनाएको थियो।

उक्त खेलमा ओपनर कुशल भूर्तेल रोयल डक भएका थिए।
नेपाल अघिल्लो खेलमा भएको कमजोरी सुधार गर्दै आज उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ।

यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।

लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो। अनिलले पछिल्लो दुई खेलमा क्रमश अर्धशतक र शतक प्रहार गरेका थिए। अन्तिम खेलमा ब्याटिङको पालो नपाएका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए।

यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टिमः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖