• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पावरप्लेमा नेदरल्याण्ड्समाथि नेपालको दबाब


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको छ ।

पहिलो पावरप्ले अर्थात १० ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले २ विकेट गुमाएर २८ रन बनाएको छ ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटको विकेट लिए । जतिबेला नेदरल्याण्ड्सले खाता नै खोल्न सकेको थिएन ।

नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए । उनी टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖