• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राजवंशीलाई दोस्रो विकेट, नेदरल्यान्ड्सले चौथो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । २० औँ ओभरमा नेपालले चौथो विकेट लिन सफल भएको हो ।

२७ रन बनाएका ललित राजवंशीको बलमा बोल्ड भए । यसअघि राजवंशीले नै २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई आफ्नो शिकार बनाएका थिए ।

छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖