• Saturday 17th of October 2026

कांग्रेस महासमिति बैठक आजबाट, ६० प्रतिशत सहभागीले बोल्न पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदै छ । नीति अधिवेशनको समेत कार्यादेश पाएको महासमिति बैठकमा कांग्रेसको भाबी नीति र कार्यक्रममाथि मन्थन भई पारित हुने छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फागुन १० गतेसम्म आयोजना हुने महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुँदैछन्।

वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइदैछ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज अपराह्न बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावसहित प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖