• Sunday 18th of October 2026

मन्त्रीको शपथ लिँदै पदम, हितबहादुर र डीपी


  • धनकुटा खबर
  • .

काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी)ले शपथ लिने भएका हुन् ।

यी तीन मन्त्रीले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ लिने भएका छन् । स्रोतका अनुसार तीनैजना विनाविभागीय मन्त्री बन्न लागेका हुन् ।

“प्रधानमन्त्रीज्यूले भर्खरै शितलनिवास पुगेर राष्ट्रपतिज्यूलाई नाम दिएर आउनुभएको छ‚” बालुवाटार स्रोतले भन्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖