• Sunday 18th of October 2026

फोनमा देउवालाई प्रचण्डको भनाई– ‘फेरि अर्को घुम्तीमा भेट हुनसक्छ’


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बीच संक्षिप्त फोन वार्ता भएको छ । सो फोनवार्तामा प्रधानमन्त्री प्रचण्डले देउवालाई फेरि अर्को घुम्तीमा भेट हुनसक्छ भन्नुभएको छ ।

सभापति देउवा निकट एक नेताले फोन वार्ता भएको जानकारी दिँदैन प्रचण्डले अहिले मिल्न सक्ने कुनै ठाउँ नभएको, भविष्यको सम्भावनालाई कुरेर बस्न सल्लाह दिनुभएको छ ।

कुराकानीका लागि देउवाले केही नेतालाई पठाउने जानकारी प्रचण्डलाई दिनुभएको थियो । तर, प्रचण्डले अहिले त्यो आवश्यक नभएको र कुरा गर्न सम्भव पनि नभएको जवाफ फर्काउनुभएको जानकारी प्राप्त भएको छ ।

प्रचण्डसँगको फोन कलपछि देउवाले अब उपाय नरहेको, सरकारमा टिक्न सम्भव नभएको ठहर गर्नुभएको छ ।

नयाँ परिस्थिति अनुसार अब कसरी अगाडि बढ्ने भनी देउवाले कार्यसम्पादन समितिको बैठक डाक्नुभएको छ ।
यस अघि देउवाले अन्तिम श्वाससम्म गठवन्धन टिकाउन प्रयास गर्ने बताउनुभएको थियो । उहाँले मन्त्रीहरुलाई अहिले नै राजीनामा नदिन पनि भन्नुभएको थियो ।

प्रचण्डले फोन कलमा ‘तपाईंहरुसँग फेरि अर्को घुम्तीमा भेट हुनसक्छ, अहिले केही हुन सक्दैन’ भनेपछि कांग्रेसका मन्त्रीहरु निरास भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖