• Sunday 18th of October 2026

मोरङमा पन्ध्र वर्षीया किशोरीको हत्या


  • धनकुटा खबर
  • .

पथरी (मोरङ)। मोरङको पथरी शनिश्चरे-७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ। खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशंका गरिएको छ।

स्थानीयवासीका अनुसार शनिश्चरे-१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन्। गए राति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए।

घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए।

घटना घटेको केही समयमै घटनास्थललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖