• Sunday 18th of October 2026

प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेपछि नेकपा एसले बोलायो सचिवालय बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । नयाँ समीकरण बनेपछि थप छलफलको लागि बैठक बोलाइएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बैठक बुधवार बिहान ११ बजे बस्नेछ । उनले भने, ‘परिस्थिति फेरिएपछि हामीले हिजो पनि छलफल गरेको थियौँ। अब भोलिका लागि बैठक राखिएको छ। थप छलफल हुँदैछ। हामीले अहिलेसम्म कुनै निर्णय गरेका छैनौँ।’

सोमबार बसेको बैठकले प्रधानमन्त्रीले लिएका उद्देश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछि मात्रै आफ्नो दृष्टिकोण तय गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष माधव नेपाललाई निवासमै पुगेर सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए, भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि फोन संवाद गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖