• Saturday 17th of October 2026

सरुवा माग्ने शिक्षिकालाई यौन प्रस्ताव राख्ने शिक्षा अधिकृत कार्यालय छोडेर भागे


  • धनकुटा खबर
  • .

विराटनगर– सरुवा माग्ने शिक्षिकालाई फेसवुक म्यासेन्जरमै यौन प्रश्ताव राखेको स्क्रिनसर्ट सार्वजनिक भएपछि मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको भागाभाग भएको छ।

काफले शुक्रबारदेखि नै कार्यालयमा अनुपस्थित भएका छन्। उनी ५ चैतमा इमेलमार्फत बिदाको पत्र पठाएर हिडेको जनाईएको छ। काफ्लेले प्रतिक्रियामा भने आफूले कसैसँग त्यस प्रकारको गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्।

स्रोतका अनुसार कानेपाखेरी नै घर भएकी प्राथमिक तहकी एक शिक्षिका स्थायी नियुक्ति लिएको ३ वर्षदेखि पालिका वाहिर कार्यरत छिन्। उनले घर पायक सरुवाका लागि काफ्लेसँग कुरा गरेकी थिईन। यही क्रममा काफ्लेले त्यसको बदलामा यौन प्रश्ताव राखेको खुलेको छ।

शिक्षिकाले यौन सम्पर्क छोडेर पैसामा कुरा मिलाउन खोजेकी थिईन। तर, उनले आर्थिक र यौन सम्वन्धको पाटो फरक–फरक भएको भन्दै शिक्षिकामाथि गिद्दे नजर गाडी राखे। उनले म्यासेज पठाउने र केही समयपछि डिलिट गर्न थाले। त्यसपछि शिक्षिकाले पनि म्यासेज स्कृनसर्ट गर्दै राख्न थालिन।

उक्त स्कृनसर्ट हाल एक/दुई जना गर्दै अधिकांश स्थानीयको म्यासेन्जरमा पुगेको छ। यो जानकारी पाएपछि काफ्लेको भागाभाग भएको स्थानीयहरु वताउँछन्। अहिले उनी ‘आफ्नो म्यासेञ्जर नै कसैले ह्याक गरेर चलाएको’ बताउँदै आएका छन् भने शिक्षिकालाई फेसबुकमा ब्लक गरेका छन्।

यता गाउँपालिकाका कतिपय जनप्रतिनिधि र कर्मचारी भने स्कृनसर्ट कस्ले लिक गर्यो ? भनेर खोजविनमा लागेको जनाईएको छ। उनीहरुले ‘स्क्रिनसर्ट कसलाई दिएको थियो’ भन्दै शिक्षिकालाई नै र्‍याखर्‍याख्ती पारिरहेको पनि स्रोतको दावी छ।

यो विषय जिल्ला प्रशासन कार्यालय मोरङमा पनि पुगेको छ। सीडीओ प्रेमप्रसाद भट्टराईले कानेपोखरीकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवसँग छलफल गरेको र यादवले काफ्लेलाई लिखित रुपमा स्पष्टीकरण समेत सोधेको जानकारहरु वताउँछन्।-स्रोत :शीर्ष खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖