• Saturday 17th of October 2026

कोशी र मधेशका केही स्थानमा भारी वर्षा, काठमाडौंमा आज पनि पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको र स्थानीय वायुको प्रभावले केही दिनयता दिनहुँ पानी परिरहेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।

‘बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको छ र पि्रमनसुन सक्रिय रहेकाले पानी मेघगर्जन चट्याङसहित पानी पर्ने गरेको छ,’ उनले भने, ‘आगामी तीन दिनसम्म अहिलेको जस्तै अवस्था रहने देखिन्छ ।’

उनका अनुसार यसको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

गएराति देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा भएको छ । मधेश र कोशी प्रदेशका दक्षिणी भागमा गत २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

सुनसरीको चतरामा ५९ मिलिमिटर र सिराहाको गोलबजारमा ५६ मिलिमिटिर वर्षा मापन भएको छ । यसैगरी झापाको अनारमनीबिर्तामा २७ र मोरङको हरैंचामा २५.८ र उदयपुरको कटारीमा २४ मिलिमिटर वर्षा भएको छ । नवलपरासीको परासीमा ३८.८, नवलपरासीको सेमरीमा ३३.६, नवलपुरको देउरालीमा २६ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖