• Saturday 17th of October 2026

बाटोमा लत्रिएको बिजुलीको तारले थापाको ज्यान लियो


  • धनकुटा खबर
  • .

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ भेडावारिको झाँक्री थान भन्ने स्थानमा बिजुलीको करेन्टबाट एक जनाको ज्यान गएको छ ।

आफ्नो काममा हिँडेका स्थानीय हर्क बहादुर थापाको करेन्ट लागेर ज्यान गएको हो ।

हिँड्ने बाटोमा लतारिएको बिजुलीको तारले थापालाई करेन्ट लागेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖