• Saturday 17th of October 2026

श्रीमतीले लुकाएर राखेको रकम श्रीमानले खर्च गरिदिएपछि विवाद अनि हत्या


  • धनकुटा खबर
  • .

रूपन्देही । बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन् ।

श्रीमतीले लुकाएर राखेकाे रकम श्रीमानले खर्च गरिदिएपछि विवाद भएकाे थियाे ।

बर्दियाको बाँसगढी घर भएका यी दुवैजन बाँकेको कोहलपुर १४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

‘हिजो राति साढे ९ बजेको घटना हो,राति नै १ अस्पताल पुयाएपनि बचाउन सकिएन,’ उनले नेपाल प्रेससँग भने,‘श्रीमतीले राखेको रकम खर्च गरेपछि विवाद भयो,अनि मैले हानेको हुँ भनेर अभियुक्तले स्वीकार गरेको अवस्था छ, सानो रकमको विषयमा भएको विवादले ज्यान लियो, भित्री कुरा केही रहेको भए अनुसन्धान हुँदैछ ।’

अनिल दम्पत्तिले पावर्तीपुरस्थित बागेश्वरी ह्ययम पाइप उद्योगमा काम गर्दै आएका थिए । उद्योगको कामदार आवास क्षेत्रको कोठामा नै धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖