बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्। कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बर्दियाको बाँसगढी-४ घर भइ हाल कोहलपुर- १४ मा बस्दै आएका बिकले गएराति १० बजे २१ वर्षकी श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् । घरायसी विवादमा उनले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । बिकले सुनारलाई धारिलो हतियारले ढाडमा प्रहार गरी घाईते बनाएका थिए । प्रहरीका अनुसार उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
उनीहरुको चार महिनाअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ। सुनारको माइत जाजरकोट हो। अनिल कोहलपुर( १४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन्।
