• Saturday 17th of October 2026

८१ वर्षकी वृद्धाको पेटमा ५६ वर्षको गर्भ !


  • धनकुटा खबर
  • .

एजेन्सी । कुनै बच्चाको जन्म तब हुन्छ जब आमाले गर्भधारण गर्छिन् र भ्रूणलाई ९ महिनासम्म आफ्नो गर्भमा राख्दछिन् ।

महिलाको गर्भाशयमा भ्रूण विकसित हुन्छ र अवधि पुगेपछि जन्म लिन्छ । मानव शरीरको रचना पनि यसरी नै हुन्छ । तर, हालै एउटा आश्चर्यचकित पार्ने घटना सार्वजनिक भएको छ, जसमा ब्राजिलकी एकजना महिला ५६ वर्षसम्म गर्भवती भएकी छिन् ।

यतिमात्र होइन उनलाई वर्षौँसम्म आफू गर्भवती रहेको कुरा पत्तो नै भएन । जब पेटमा निकै दुखाई महसुस हुन थाल्यो, तबमात्रै उनलाई त्यसबारेमा थाहा भयो।

समाचार अनुसार ८१ वर्षकी डेनिएला भेरा नामकी महिला निकै अनौठो स्थितिबाट पीडित थिइन् । अचानक पेटमा दुखाई बढेपछि उनी जाँच गराउनका लागि अस्पताल गइन् । उनको परीक्षण गर्ने क्रममा डाक्टरहरुले पेटमा क्याल्सिफाइड भ्रूण रहेको पत्ता लगाए।

सात सन्तानकी आमा डेनिएलालाई यसबारेमा पहिलेदेखि कुनै जानकारी थिएन । अन्ततः गत मार्च १४ मा डाक्टरहरुले सर्जरी गरेर उक्त भ्रूणलाई हटाउन सफल भए । तर उक्त शल्यक्रिया पछि डेनिएला धेरै समय जीवित रहिनन् । अर्को दिन नै उनको मृत्यु भयो ।

डेनिएलाको उपचार गर्ने डाक्टर प्याट्रिक डेजिरेमका अनुसार शल्यक्रियापछि संक्रमणका कारण उनको मृत्यु भएको छ । उनका अनुसार कतिपय यस्ता घटनाहरु हुन्छन् जहाँ पाठेघरको साटो सरीरका अन्य भागमा गर्भाधारण हुन्छ, यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ।

यो गर्भावस्थाको एउटा प्रकार हो जहाँ सामान्य ठाउँभन्दा बाहिर गर्भाधारण भई भ्रूण बन्दछ, तर त्यो भ्रूण त्यहाँ जीवित रहन सक्दैन ।

डेनिएलाको हकमा पनि त्यस्तै भयो । भ्रूणको विकास ठीक ढंगले नभएका कारणे गर्दा भ्रूण क्याल्सिफाइड हुन्छ । यस्तोमा शरीरमा न त बढी दुखाई हुन्छ न त रक्तश्राव नै हुन्छ । एक्सरे नगरुन्जेल त्यसका बारेमा पत्तो नै हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖