• Saturday 17th of October 2026

सुनकोशीमा बेपत्तामध्ये १ बालकको शव भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता भएका ३ मध्ये मंगलबार १ जनाको शव फेला परेको छ । प्रहरीले धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला पारेको हो ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । बेपत्ता २ बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयबासीलगायतले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖