• Saturday 17th of October 2026

होटलका कामदार मृत फेला, हत्या गरिएको आरोप


  • धनकुटा खबर
  • .

रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलका कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । चन्द्रपुर नगरपालिका– ५ स्थित मुस्कान होटलमा काम गर्दै आएका वडा ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरे झुन्डिएको अवस्थामा होटलमै मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी गौरव महतले मृतकको शव परिवारको सहमतिमा पोस्टमार्टमको लागि काठमाडौँ पठाइएको जानकारी दिएका छन्। उनले पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने बताए।

पीडित परिवारले भने उनको हत्या गरिएको आरोप लगाएको छ। होटल धनीले ४ महिनाको तलब नदिएको भन्दै मृतक घिमिरेले सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए । मंगलबार होटलभित्रै झुन्डिएको अवस्था फेला पर्नु शङ्कास्पद रहेको पीडित परिवारको दाबी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖